काठमाडौं । सरोकारवालाहरूले दलित समुदायका बालबालिकाहरूको शिक्षामा पहुँच बढाउन नीतिगत सुधार र तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। गरिबी, सामाजिक पछौटेपन र चेतनाको अभावका कारण अझैपनि धेरै दलित बालबालिका विद्यालयबाहिर रहेको र युवाहरूले विश्वविद्यालयसम्म पुगेर उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था नरहेकोप्रति उनीहरूले चिन्ता व्यक्त गरे। उनीहरूले शिक्षामा दलितको पहुँच वृद्धि गर्न आवश्यक रहेको…