काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (कात्तिक २६) बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति…