Logo

सिँगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं — सिँगटी हाइड्रो इनर्जी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले हालै घोषणा गरिएको बोनस सेयर वितरणपछि कायम रहने कुल सेयर संरचनाका आधारमा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरेको हो। कम्पनीका अनुसार हकप्रदबाट जुटे को पूँजी ऋण चुक्ता गर्न प्रयोग गरिनेछ।