काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँ थियो। यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा…