रामेछाप । ओखलढुङ्गाको लिखु गाउँपालिकाको पोकलीमा रहेको पोकली झरना अहिले पर्यटकीय गन्तव्यको थलो बनेको छ ।पोकलीसम्म पुग्ने सडक र छाँगामा जाने सिँढीलगायतका संरचनाहरू बनेपछि झर्न हेर्न आउनेको संख्या बढेको छ । काठमाडौं र तराइबाट पोकली जान चाहनले रामेछापको मन्थली–सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा प्रवेश गरेर पोकली झरना पुग्न सक्दछन् । ओखलढुङ्गाको सदरमुकामबाट पनि पोकली आउन सकिन्छ ।…