रामेछाप । मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ । काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले…