Logo

बिहीबार सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने बुधबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११९० रुपैयाँमा कारोबार भइरहेको छ।