काठमाडौं । सांसदहरुले ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली प्रयोग गरेका उद्योगीसँग कुनै पनि बहानामा छुट नदिई सबै बक्यौता उठाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरुले जनताले लोडसेडिङको मार सहेका बेला चौबिसै घण्टा बिजुली प्रयोग गरेर लाभ उठाएका उद्योगीलाई कुनै पनि बहानामा सरकारले छुट दिन नहुने बताएका हुन् ।…