काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको प्रारम्भिक अनुसन्धान अन्तिम चरणमा पुगेको छ । संगठित अपराधमा ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सीआईबीले पहिलो चरणको अनुसन्धान सक्न लागेको हो । ६० किलो सुन तस्करीमा पक्राउ परेका ३० मध्ये ९ जना विदेशी छन् । यसअघि विद्युतीय चुरोटमा सुन लुकाएर ल्याउने…