काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका लागि सबैको इमानदार प्रयास आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुधारका लागि सरकारले काम गरिरहेको दाबी गरे । ‘हाम्रो प्राथमिकता प्राथमिकीकरण हो, कसरी राज्यको सीमित स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल हुने क्षेत्रमा प्रयोग गर्ने, खर्च गर्ने, त्यो…