काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादन भारत निर्यात सुरु गरेको छ । उद्योगले शनिबारदेखि क्लिङ्कर निर्यात सुरु गरेको हो । क्लिङ्कर निर्यातको औपचारिक सुरुवात शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह र सहायक महाप्रबन्धक विकास खड्काले संयुक्तरुपमा रिवन काटेर गरेका थिए । उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा…