काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत जाजरकोट लगायतका जिल्लाका भूकम्प प्रभावित परिवारलाई २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने आर्थिक प्याकेज ल्याएको छ । २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैङ्क तथा वित्तीय…