हुम्ला । नेपाली कांग्रेसका नेता आनन्द विष्टले हुम्ला कांग्रेसलाई गतिशील बनाउन विचार विमर्श गर्दै जिल्लामा पार्टी सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियान सकिएको बताएका छन्। कांग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत हुम्ला पुगेका कांग्रेसका पूर्व केन्द्रीय सदस्य विष्टले एक सातासम्म हुम्लामा रहेर पार्टी सुदृढीकरणका लागि नेता कार्यकर्ताहरूमाझ गहन रूपमा विचार विमर्श गरिएको बताए।…