पोखरा । उच्च अदालत पोखराले आगामी माघ १ गतेदेखि करारका कर्मचारी हटाउने गरी पोखरा महानगरको विशेष नगरासभाले गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको इजालसले उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यस अल्पकालीन अन्तरिम आदेशसँगै महानगरपालिकाको गत मंसिर २८ गते भएको…