काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (सोमबार) अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन् । स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ । तर प्रधानमन्त्रीको सचिवालयले राजीनामाबारे जानकारी नभएको जनाएको छ । चैत २० गतेदेखि नेपाल शिक्षक…