विराटनगर । नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ । शुक्रवार कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका हुन् । भेलाले १५औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै दबाब बढाउने निर्णय समेत गरेको कांग्रेस नेता गुरुराज…