खोटाङ। खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ । तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको हो । नागरिकलाई गाउँमै अडेर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावमा हरेक स्थानीय तहको जनसंख्या…