विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हालै ल्याइएको ‘केही प्रदेश ऐन संशोधन’ अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । एमालेले उक्त अध्यादेश फिर्ता लिएर प्रदेशसभा बैठक बोलाउन भनेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री कार्कीलाई पत्र लेखेर सरकारले यस्तो आग्रह गरेका हुन् । मन्त्रिपरिषदको सिफारिसमा…