विराटनगर । कोशी नदीमा हामफालेका एकजना वृद्धको प्रहरीले सकुशल उद्धार गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित कोशी नदीमा हामफालेका वृद्धको बुधबार सकुशल उद्धार गरिएको हो । ६० वर्षीय पुरुष कोशी नदीमा हाम फालेको जानकारी पाएपछि प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले उनलाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो ।…