काठमाडौं । बागलुङमा सोमबार बिहान एउटा पिकअप भ्यान दुर्घटना भएको छ । ग२च ९२४७ नम्बरको भ्यान सडकदेखि १०० मिटरभन्दा तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी भ्यानमा सवार पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले बताए । बागलुङको जैमिनी नगरपालिका–८, छिस्तीबाट सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको भ्यान दुर्घटना भएको हो…