काठमाडौं । कोशी प्रदेश सरकार गठनको विवाद आइतबार(आज)को पूर्ण इजलासले हेर्दैछ । विवादको छिनोफानो तीन न्यायाधीशको इजलासबाट हुने निश्चित भएको छ । कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा पेशी परेको छ । यसअघि गत २३ गते न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले…