काठमाडौ । काठमाडौं महानगरपालिकाले चलचित्र क्षेत्र सम्बद्ध अधिकारीहरु बिच ‘चलचित्र सहर सञ्चालन व्यवस्थापन कार्यविधि’ मस्यौदामा छलफल गरेको छ । महानगरपालिकाले तर्जुमा गरेको मस्यौदामाथि चरणवद्ध रुपमा क्षेत्रगत सुझाव लिने क्रममा आज छलफल गराएको हो । त्यस क्रममा, रचनात्मक उद्योगको विकास, विस्तार र व्यवस्थापनका लागि चलचित्र विधाबाट काम गर्ने योजना बनाएको बताउँदै उपप्रमुख सुनिता डंगोलले, चलचित्र उद्योग…