सुर्खेत । सरकारी छात्रवृत्तीमा डाक्टर पढेर कर्णालीका विभिन्न जिल्लामा कार्यरत करार सेवाका डाक्टरहरुले पाँच महिनादेखि तलव पाएका छैनन् । कर्णालीमा सेवा गरौ भन्ने भावनाले आएका डाक्टरहरुले लामो समयदेखि तलव नपाउँदा समस्यामा परेको बताए । पढाई सकेर कर्णाली रोजेका डाक्टरहरुलाई नियुक्तिको सुरवातमै विना पारिश्रमिक काम गर्दा उत्साह घटेको बताएका छन् । डाक्टरहरुको तलबभत्ता संघीय सरकारले पठाउन…