कञ्चनपुर । बाढीको उच्च जोखिममा रहेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० का बस्तीहरूमा साङ्केतिक रातो झण्डा गाडिएको छ । टिनले छाएका कच्ची घरहरूमा राखिएका झण्डामा बालबालिका, अपाङ्गता, अशक्त, सुत्केरी तथा ज्येष्ठ नागरिकको संकेत गरी विपद् व्यवस्थापनको पूर्वतयारी गरिएको हो । जोगबुढा र महाकाली नदीले घेरिएको कुतियाकवरलगायत बस्तीहरूमा बर्सेनि हुने कटान र बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीयस्तरमा…