काठमाडौं । गण्डकी प्रदेश सरकारले विश्वासको मत नपाउने करिब निश्चित भएको छ । १ सय ५ दिनअघि गठन भएको मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले आज विश्वासको मत लिदैछ । चैत १० गते तत्कालिन समयमा सरकारमा रहेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शनिबार ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका…