बैतडी । बैतडीको देहिमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्राङ्गणमा आज नवरात्र घटस्थापनाको दिन हिङ्लो ठड्याइएको छ। चैते नवरात्रको घटस्थापनाका दिन हिङ्लो ठड्याइएको निर्माण समितिका संयोजक प्रकाश बोहराले बताए। निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङलो राखिएको उनको भनाइ छ। परापूर्व कालमा दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङ्लो राख्ने चलन रहिआएको भए पनि अहिलेको…