मुस्ताङको सदरमुकाम जोमसोम नजिकै कालिगण्डकी नदी पारी रहेको चिवाङ गाउँ सुन्दर छ । परम्परागत शैलिमा बनेका घरहरु भएको यस गाउँमा थोरै जनसङख्या छ । चिवाङ गाउँलाई हिसमालपारीको पुरानो गाउँ भनेर पनि चिनिने गरिन्छ ।