काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।…