सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको छन् । मुख्यमन्त्री शर्माले ठूला नीतिगत र दीर्घकालिन विषयहरुभन्दा पनि तत्कालीन नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र आयोजना संचालनका विषयहरुमा केन्द्रीत हुन आग्रह गरेका छन् । राज्यको स्थायी सरकार भएकाले…