पर्सा। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र उद्घाटन गर्नुभएको छ। बिहीबार पोखरियामा आयोजित एक भव्य कार्यक्रममा मन्त्री गुप्ताले उक्त सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो। उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री गुप्ताले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीू नारा पोखरिया नगरपालिकाका जनताले व्यवहारमा महसुस गर्न थालेको बताउनुभयो। उहाँका…