विराटनगर । झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आइतबार विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यी दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई ४–२ गोलले हराउँदै विभागीय टिम एपीएफ विजयी बनेको…