विराटनगर। आन्तरिक खिचातानीका कारण कोशी प्रदेशमा संसदीय समिति गठनमा समस्या भएको छ । प्रदेश सभा गठन भएको एक वर्ष पुग्न लाग्दा समेत संसदीय समिति गठन नहुँदा अनुगमन र नियमनको काम प्रभावित भएको छ । समिति नबन्दा सरकारको काम कारबाहीको विषयमा प्रश्न उठाउने, सुझाव र सल्लाह दिन समेत काम हुन सकेको छैन । प्रदेश सभाबाट प्रदेश…