विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मिलिजुली सरकार बनाउने जनादेश भए पनि नेपाली कांग्रेसले नचाहेका कारण संकट आइपरेको बताएका छन् । बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले कांग्रेसका कारण प्रदेशमा सरकार बन्न नसक्ने अवस्था आएको बताएका हुन् । राजनीतिक स्थायित्वका लागि एमाले र कांग्रेस मिल्नुको विकल्प नरहने बताउँदै उनले कांग्रेसलाई मिल्नका…