जनकपुर । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि मधेश प्रदेशका ८ वटै जिल्लाका शहिद परिवारका सदस्यहरु धर्नामा बसेका छन् । विभिन्न ४ वटा माग राख्दै उनीहरु आज दिउँसोदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन । उनहरुले मधेशी सहिद प्रतिष्ठानमा अविलम्ब सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नुपर्ने, एक परिवार…