जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् । आइतबार १० वटा होटल अनुगमन गरेका मुख्यमन्त्री सिँहले सोमबार साँझ जनकपुरधामका विभिन्न होटलको खाद्य सुरक्षा तथा स्वच्छता स्थिति अनुगमन गरेका हुन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय जननकपुरधाम, साना…