मुगु । जुम्लाको नराकोटस्थित इलाका प्रशासन कार्यालय लामो समयदेखि बन्द रहँदा स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । कार्यालय प्रमुख नरबहादुर बुढा लामो समयदेखि अनुपस्थित रहँदा कार्यालयका सबै प्रशासनिक सेवा ठप्प बन्न पुगेका हुन् । कार्यालय बन्द भएपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली दर्ता–नवीकरण तथा सिफारिसजस्ता दैनिक आवश्यक सेवा पाउन स्थानीयले कठिनाइ भोग्नुपरेको छ । काम…