रुपन्देही । लुम्बिनी प्रदेशमा खेलकुद शिक्षकलाई खेल प्रशिक्षण सुरु गरिएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा बिहीबारदेखि बुटवलमा तीन दिने खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयका युवा तथा शिक्षा महाशाखा प्रमुख मनोज गैरेले खेलका नयाँ नियमहरू बारे ज्ञान लिन तालिम प्रभावकारी हुने बताए ।…