सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका पत्रकारहरुको स्वास्थ्य वीमा गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका ६ सय ९३ पत्रकारको स्वास्थ्य वीमा गरिएको हो । वीमा कार्यक्रमबाट कर्णालीका पत्रकारले ओैषधोपचारमा सुविधा पाउने छन् । राष्ट्रिय वीमा कम्पनीमा गरिएको वीमावाफत हरेक पत्रकारले बार्षिक ७० हजारको उपचार खर्च दावी गर्न पाउनेछन् ।…