मकवानपुर । मनहरी गाउँपालिका– ६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका–११ बस्ने २५ वर्षीय सूर्य बहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ् रहेका छन्…