काठमाडौं । न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि दुई निकायबिच विवाद बढेको छ । कार्यालयले सडक कालोपत्रे गर्न लागेपछि महानगरको प्रहरीले अवरोध गरेका हुन् । सोमबार महानगरले फुटपाथ विस्तारका लागि भत्काएको सडकमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि महानगरपालिकाले हस्तक्षेप गरेको हो…