Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष (चु चे चो ला लि लु ले लो अ)

आजको दिन भाग्यले साथ दिनेछ । आफन्तसँगको रमाइलो यात्रा हुनेछ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । स्वास्थमा सुधार आउनेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

स्वस्थमा समस्या आउनेछ । मन थकित र आलस्य हुनेछ । नयाँ काम आज नगर्दा नै ठिक हुनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला । नरमाइलो खबर सुन्नुपर्ला ।   

मिथुन (का कि कु घ ङ छ के को ह)

परिवारसँग रमाइलो यात्रा तय हुनेछ । नयाँनयाँ योजना बन्नेछन् । धन भने खर्च हुने देखिन्छ । कामको प्रशंसा पाइनेछ ।  

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज शत्रुले काम बिगार्ने देखिन्छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । कमाइभन्दा खर्च बढी हुनेछ । स्वास्थको समस्या आउला । खानपानमा सजग रहनुपर्नेछ ।  

सिंह (मा मि मु मे मो टा टि टु टे)

विद्यामा सफल भइनेछ । आय र व्ययमा सन्तुलन रहनेछ । आपूmले गरेको काममा सफल हुनुहुनेछ । मनमा उर्जा आउनेछ । आफन्त तथा इष्टमित्रको सहयोग रहला । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

महत्वपूर्ण काम बिग्रने देखिन्छ । मनले चिताएको पुग्नेछैन । घरायसी झमेला रहला । धैर्यताले काम गर्नुपर्नेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) 

दाजुभाइको सहयोगले काम बन्न सक्नेछ । सोच बिचार गरेर मात्र काम सुरु गर्नुहोला । सोचेभन्दा बढी परिश्रम हुनेछ । पराक्रम बढ्नेछ  । कार्य कुशलताको चर्चा हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज धन प्राप्ति हुनेछ । खर्च सही ठाउँमा हुनेछ । यात्रा सुखमय र मनोरञ्जनात्मक बन्नेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज शुभ हुनेछ । मन भने चञ्चल होला । सामान खरिद गरिनेछ । यात्रा रमाइलो हुनेछ । स्वास्थमा सुधार हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आजको दिन भाग्यले साथ दिनेछैन । बिचारको कदर नहोला । सोचेभन्दा बढी खर्च हुनेछ । यात्रा भने सुखद नै हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन मध्यम हुनेछ । काममा बाधा दिनेहरु पछि हट्नेछन् । सोचेभन्दा राम्रो काम बन्नेछ । खर्च भने बढ्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

मिहिनेत र परिश्रमबाट गरेको काम पूरा हुनेछ । परिवारसँगको यात्रा रमाइलो होला । उचित ठाउँमा खर्च हुनेछ । नयाँ योजना बन्नेछन् । 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : ३८ बजे