Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८१ बैशाख २५ गते मङ्गलबारको राशिफल

मेष (चु चे चो ला लि लु ले लो अ )

तपाईंको आजको काम अपूरो नै रहनेछ । दिनभरी नै सुखको अनुभूति भने भइरहने छ । खर्चिलो दिन छ । आज यात्रा कठिनपूर्ण भएकोले नगर्दा नै उचित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन उत्तम रहेको छ । सहयोग गर्ने प्रशस्तै होलान् । धन प्राप्तिको प्रवलता रहेको छ । गरेको कामले पूर्णता पाउनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आज अनुकूल समय रहेको छ । मान,सम्मान तथा प्रशंसा पाएर मन प्रफुल्लित  हुनेछ । नसोचेको काम बन्ने योग रहेको छ । मिष्ठान्न भोजन मिल्नेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

अनावश्यक यात्राले शरीर थकित हुनेछ । गरेकोे कामको सम्मान हुनेछ । नयाँ साथीसँग सम्बन्ध स्थापित हुनेछ  । आम्दानी तथा लाभ हुने देखिन्छ ।

सिंह (मा मि मु मे मो टा टि टु टे)

स्वस्थ्य बिग्रन सक्छ , खानपानमा विशेष जोगिनु पर्नेेछ । सामान्य कुरामा विवाद पर्न सक्छ । मानसिक तनाव रहनेछ । अनावश्यक खर्च हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पे पो)

आज गरेकोे काम अर्थपूर्ण बन्नेछ । बोलेको कुरा पूरा हुने देखिन्छ ।  घरपरिवारको सल्लाहले गरेको कामले गति लिनेछ । स्वस्थमा सुधार आउनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते) 

आज शत्रुले कार्यमा बाधा दिनेछन् । यात्रा भने शुभ रहनेछ । जमघट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । खर्चिलो दिन हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

स्वस्थ्यमा देखिएको समस्या कम हुनेछ । सन्तान सुख मिल्नेछ । सोचेभन्दा राम्रो आम्दानी हुनेछ । विद्यामा सफल भइएला । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

आज बढी नै श्रम गर्नुपर्नेछ । खरिद बिक्रिको योग रहेको छ । यात्रा कष्टकर हुनेछ ।  समाजसेवाको अवसर प्राप्त हुनेछ । हराएको सामान प्राप्त हुनेछ ।  

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आजको दिन पराक्रम बढ्नेछ । शरीरमा केही असजिलो भएको महसुुस हुनेछ  । दुःख दिनेहरु जुर्मुराउनेछन् । धैर्यताले काम गर्नुपर्नेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

रोकिएका कामहरु बन्नेछन् । रमाइलो यात्रा तय हुनेछ । धन प्राप्त हुनेछ । आफन्तको पूर्ण सहयोग हुनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

अरुको प्रशंसाले मन प्रफुल्लित हुनेछ । नयाँ कामको योजना बन्नेछन् । घुमफिरमा समय बित्नेछ । मनले चिताएको कुरा गर्न पाइएला । मिष्ठान्न भोजन मिल्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : ३५ बजे