Logo

Breaking News 1

ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग खेल्दै नेपाल



काठमाडौं । घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला १–१ को बराबरीमा छ ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्टइन्डिज ए टोली

रोस्टन चेश(कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ०८ बजे