Logo

Breaking News 1

मेघगर्जन र चट्याङसहित वर्षा, हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुनेछ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कासी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ६ : ३८ बजे