Logo

मनोरञ्जन

प्रभासको ‘सालार २’ स्थगित



काठमाडौं । अभिनेता प्रभास स्टारर निर्देशक प्रशान्त नीलको फिल्म ‘सालार २’ लामो समयदेखि चर्चामा छ । यो ब्लकबस्टर फिल्मको दोस्रो भागका लागि फ्यानहरु प्रतिक्षा गरिरहेका छन् ।

फिल्मको सिक्वेलको माग भइरहँदा अब भने यो फिल्मको निर्माण अनिश्चित हुने भएको छ । हालका लागि यो फिल्म निर्माणको काम स्थगित गरिएको छ ।

फिल्मका निर्देशक नील यतिबेला ‘सालार २’ नभई जुनियर एनटीआरको ३१ औं फिल्मको तयारीमा जुटेका छन् । उनी जुनियर एनटीआरको फिल्मको काम पछि मात्र ‘सालार २’तिर ध्यान दिने सोचमा छन् । नीलले धेरै अघि नै जुनियर एनटीआरसँग आगामी फिल्मको घोषणा गरेका थिए ।

त्यो समयमा उनी प्रभासको फिल्म ‘सालार’लाई पुरा गर्ने काममा व्यस्त थिए । फिल्म ‘सालार’ हिट भएपछि निर्माताले यसको दोस्रो भाग बनाउने निर्णय लिएका थिए । तर निर्देशक नीलको व्यस्तताले ‘सालार २’को काम तत्कालका लागि रोकिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : २४ बजे