Logo

Breaking News 1

संसदको अवरोध हटाउन सभामुख सक्रिय, सरकारको कदमप्रति चिन्ता



काठमाडौं । संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा भएको छलफल संसद राकिएपछि जनप्रतिनिधिहरु निर्वाचित क्षेत्र गएका कारण संसदीय समितिहरु समेत सञ्चालन गर्न नसकेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले बताए ।

उनले भने, ‘आज सभामुखले संसदीय समिति र पार्टीका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएको छ । अहिले संसद रोकिएपछि मान्यज्यू गाउँ जाने चलन रहेका कारण समितिले पनि प्रभावकारी काम गर्न नसकेको हो कि भन्ने लागिरहेको छ । समितिका सभापतिहरुले समितिलाई आवश्यक उपकरण र स्रोतको समस्या र समिति सदस्यहरु निर्वाचन क्षेत्र गएका कारण सक्रियतापूर्वक काम गर्न नसकिएको माननीय सभापतिहरुले सभापतिलाई भन्नुभयो ।’

त्यस्तै खतिवडाले सरकारले अनाहकमा संसद स्थगन गर्दा संसदबाटै पारित गर्नुपर्ने र समितिहरुमा पठाउनुपर्ने कानूनमा काम गर्न नसकिएको बताए । उनले भने, ‘संसद चल्दाचल्दै अनाहक स्थगित गरिएको थियो । धेरैवटा विधेयकहरु संसदबाटै पारित गर्नुपर्ने थियो । धेरै विधेयकहरु समितिमा पठाउनुपर्ने थियो । तर सरकारले ओभरल्यापिङ गर्यो संसदलाई जुन गलत थियो ।’ संसदीय समितिहरु सञ्चालनका लागि सरकारले आवश्यक पूर्वाधार र स्रोतको व्यवस्थापनि गर्न नसकेको उनको जिकिर थियो ।

समानुपातिक निर्वाचनबारे समेत सभामुखसँग छलफल भएको उल्लेख गर्दै उनले भने,‘एकचोटि समानुपाति प्रणालीबाट निर्वाचित सांसदहरुलाई अर्कोचोटि नल्याउनबारे कानून बनाउन पनि सभामुखसँग कुराकानी गरेका छौं । यसका लागि निर्वाचन आयोगसँग पनि छलफल गरेका छौं ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ४१ बजे