Logo

Breaking News 1

इलाम २ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा



काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम कांग्रेस नेता रामहरि खतिवडाले इलाम २ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमालेमात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मुलुकका लागि कांग्रेस र एमालेको ठूलो जिम्मेवारी रहेको बताए ।
सभापति खतिवडाले पराजित भएको नेपाली कांग्रेसले महागठबन्धनसँगको प्रतिस्पर्धामा पाएको मत सम्मानजनक रहेको र मत परिणामको गम्भीर समीक्षा गर्दै भावी योजना तय गर्नुपर्ने बताए । उनले साना चटकेहरुलाई मतदाताले ठेगान लगाइदिएको पनि बताए ।

‘इलाम २ को उपनिर्वाचनले कांग्रेस र एमाले यो देशका प्रमुख शक्ति हुन भन्ने थप प्रमाणित भएको छ । महागठबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक छ । मतदाताले चटके(साना दल र स्वतन्त्र उम्मेदवार)हरुलाई ठेगान लगाएको छ । ०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरु सबै ठेगान लाग्नेछन,’ खतिवडाले भने ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ४८ बजे