Logo

Breaking News 1

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी



इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान आएको मतपरिणामअनुसार नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कालाई पाँच हजार ८३० मतान्तरसहित पराजित गर्दै जित हासिल गरेका हुन् ।

विजयी उम्मेदवार सुहाङले २७ हजार ७७२ मत प्राप्त गरे । निकटतम बनेका कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर रह्यो । उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । चौथो बनेका रास्वपा उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत प्राप्त गरे ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : १३ बजे