बझाङ । बझाङ–१ प्रदेशसभामा नेपाली कांग्रेसले पुनः मतान्तर बढाएको छ । २५ हजार १४२ मत गन्दा नेपाली कांग्रेसले १ सय २५ मतको अग्रता बनाएको हो ।
कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४६८ मत ल्याउँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ३४३ मत ल्याएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ५८७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत ल्याएका छन् ।
प्रतिक्रिया