Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ वैशाख १५ गते, शनिवार २७ अप्रिल २०२४। वैशाख कृष्णपक्ष तृतीया तिथि, ६ः५८ बजेपछि चतुर्थी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक।

मेष
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ।

वृष
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।

मिथुन
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट
रोकिएको काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

सिंह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

कन्या
कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

तुला
प्राथमिकताका आधारमा काम गर्न नसक्दा केही पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ र पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।

वृश्चिक
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने पहिलेका सहयोगीहरू टाढिन सक्छन्।

धनु
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभावले काम पूर्ण नहुन सक्छ। कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला।

मकर
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ।

कुम्भ
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मीन
तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। पहिलेका समस्या सुल्झाउन सफल भइनेछ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ०३ बजे