Logo

Breaking News 1

कस्ताे रहला आज माैसम ?


१४ बैशाख २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावा/हुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : २९ बजे